ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या

शुक्रबार ०२, साउन २०८२ ११:५३

धनगढी । डडेल्धुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ डिलका ५४ वर्षीय करन भुल पक्राउ परेका हुन् । 

बिहीबार राति करनले ४० वर्षीया श्रीमती खिमादेवी भुलको घाँटीमा हँसिया प्रहार गरी हत्या गरेको आरोप छ । 

हत्यापछि फरार रहेका भुललाई गन्यापधुरा–३ गोयलखेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बरबहादुर बिष्टले जानकारी दिए ।

प्रतिक्रिया