काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले पार्टीलाई आदेशबाट नभई विधिबाट सञ्चालन गर्न अन्तर संघर्षलाई सघन बनाउनुपर्ने बताएका छन् ।
बिहीबार बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित भएपछि थापाले अनुमोदन भएको दस्ताबेज अगाडि सारेर बहस गर्नुपर्ने बताएका हुन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धी स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकांक्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरुवात भएको छ, एमालेको सचिवालयको बैठकमा । कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्ताबेज अगाडि राखेर बहस गरौँ । आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर सङ्घर्षलाई सघन बनाऊ । मर्यादा र शिष्टताका सीमालाई सबैले पालना गरौँ ।’
दुई कार्यकाल र ७० वर्षे उमेरहद हटाउने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबिच भनाभन भएको थियो । सो क्रममा ओलीले कर्ण थापाको बोली नबोल्न भन्दै पोखरेललाई सचेत गराएका थिए ।
प्रतिक्रिया