डडेल्धुरा । ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको कोतघर एकै वर्षमा भत्किएपछि नयाँ निर्माण थालिएको छ ।
डडेल्धुरा सदरमुकामको सबैभन्दा अग्लो स्थान अमरगढी नगरपालिका–५ मा अवस्थित किल्लामा चार वर्षपहिले २०७७ मा २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको कोतघर एकवर्ष नपुग्दै भत्किएको थियो । ढुङ्गाले चिनाई गरेर पत्थरले छानो छाइएको कोतघरको छानोको धुरीखाँबो लच्किएपछि भत्किने अवस्थामा पुगेको थियो ।
चालु आर्थिक वर्ष २०८१र८२ मा डेढ करोड लागतमा कोतघरसँगै किल्लाभित्र र बाहिर पत्थर बिछ्याउने गरी ठेक्का सम्झौता भएको सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्राविधिक दीपक ओझाले जानकारी दिए ।
प्रतिक्रिया