बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–४, बागथला बजारमा रहेको एक गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागी भएको छ । स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित होनैनाथ गार्मेन्ट उद्योगमा गयराति विद्युत् सर्ट भएर आगलागी भएको हो ।
उद्योग आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले बताए ।
प्रहरीका अनुसार आगलागी भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण सङ्कलन कार्य जारी रहेको छ ।
प्रतिक्रिया