ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अत्तरियाका दुई पसलमा भन्सार र राजश्वको छापा

मङ्गलबार ३१, असार २०८२ ०४:२८

धनगढी । राजश्व चुहावट गरेको आशंकामा कैलालीको अत्तरिया बजारमा रहेका दुई पसलमा छापा मारिएको छ । जिल्ला प्रशासन कार्यालय कैलाली, कैलाली भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालय कैलालीको संयुक्त टोलीले मंगलबार अत्तरियाको न्यु सुरुचि ट्रेडर्स र पिंकु बस्त्रालयमा छापा मारेको हो । 

कैलालीका प्रमुख जिल्ला अधिकार गोगनबहादुर हमालले इन्टेलिजेन्स प्रयोग गरी कर छलि गरेको पत्ता लागेपछि ती पसलमा खानतलासी गरिएको बताए । उनले दुवै पसलमा मौजदात सामान गणना गर्नुका साथै खरिद बिल र बिक्री बिल नियन्त्रणमा लिएको बताए । 

प्रमुख जिल्ला अधिकारी हमालले कर छलिबारे थप अनुसन्धान भन्सार र आन्तरिक राजश्व कार्यालयले गर्ने बताए । आन्तरिक राजश्व कार्यालयले पसलमा भेटिएको सामानको विवरण र खरिद-बिक्री विजक भिडाएर कैफियत देखिएमा ती पसलहरुलाई कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया