ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

मङ्गलबार ३१, असार २०८२ १०:५०

दाङमा छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ ।

बबई गाउँपालिका–४, पुरन्धारा छहरानजिकै नदीमा पौडी खेल्ने डुबेर तुलसीपुर उपमहानगरपालिका–२ का १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल बुढामगरको मृत्यु भएको हो ।

साथीहरूसँग पौडी खेल्न गएका उनीहरूको नदीमा डुबेर मृत्यु भएको हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीले जानकारी दिए । शव पोस्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको  छ ।

त्यसैगरी, रामपुर-घोराही सडकको सिस्नेखोला पुलमा मोटरसाइकल दुर्घटनामा हुँदा गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको हो । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । 

रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा बेलुका ७ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुवै जनाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया