ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा जंगली च्याउ खाँदा पाँच जना बिरामी

मङ्गलबार ३१, असार २०८२ ०८:३३

कञ्चनपुर । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका– ६ कालागड टोलमा भातको नङ्ग्रा जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, जङ्गलबाट ल्याएको च्याउ खाँदा ६३ वर्षीया कालु सुनारसहित उहाँका नातिनीहरु १८ वर्षीया निशा सुनार, आठ वर्षीय मन्सु सुनार र नातिहरु १६ वर्षीय भीम सुनार, १२ वर्षीय वसन्त सुनार बिरामी भएका हुन् ।

सोमबार विषालु च्याउ खाँदा बिरामी भएका उनीहरूको दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता सागर बोहराले बताए । 

प्रतिक्रिया