काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् । सोमबार संसदमा सम्बोधन गर्दै प्रचण्डले ओली सरकारले केही पनि गर्न नसकेको आशयसहित जवाफ फर्काएका हुन् ।
त्यस क्रममा उनले टीयू मैनानमा फ्लड लाइट र प्यारापिट खोइ भनेरसमेत प्रश्न सोधेका थिए । प्रचण्डले संसदमा गरेको भाषणको जवाफ प्रधानमन्त्रीले फेसबुकबाट दिएका हुन् । ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लड लाइट ? खोई प्यारापिट ?’ ओलीले लेखेका छन्, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लड लाइटका पोल हेर्न जानुस् । बनिरहेको छ । तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन ।’
सरकारको कामबारे तथ्यतथ्यांक राखेर प्रचण्डले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिन नरेको ओलीले बताएका छन् । ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम,’ उनले भनेका छन्, ‘मैले त दिन तोकेर गर्छु भनें, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्यांक हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’
प्रतिक्रिया