ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी उपमहानगरद्वारा दृष्टि फाउण्डेसनलाई तीन वर्षमा १५ लाख सहयोग

आइतबार २९, असार २०८२ ०५:०७

धनगढी । धनगढी उपमहानगरपालिकाले धनगढीमा सञ्चालनमा रहेको दृष्टि फाउण्डेसनलाई विगत तीन वर्षको अवधिमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । फाउण्डेसनलाई उपमहानरले उपेक्षा गरेको भनेर गलत प्रचार भइरहेको भन्दै नगर प्रमुखको सचिवालयले उपमहानगरबाट भएको सहयोग रकम सार्वजनिक गरेको हो ।
    
नगर प्रमुखको सचिवालयले उपलब्ध गराएको विवरणअनुसार उपमहानगरले २०७९ सालपछिका तीन वर्षमा लगातार पाँच लाख रुपैयाँका दरले दृष्टि फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । २०७९ असार २५ गते उपमहानगरले पाँच लाख रुपैयाँ फाउन्डेसनको खातामा जम्मा गरेको उपमहानरपालिकाले जनाएको छ । २०७९ बैशाखमा निर्वाचित भएलगत्तै नगर प्रमुख गोपाल हमालले फाउण्डेसनलाई आर्थिक सहयोग दिने निर्णय गरेका थिए ।  

त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा पनि उपमहानगरपालिकाले ‘सडक आश्रित मानव-बाल लक्षित विकास कार्यक्रम’ अन्तर्गत दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ प्रदान गरेको थियो । उपमहानगरको विवरणअनुसार उक्त रकम २०८१ साल जेठ ५ गते दृष्टि फाउण्डेसनलाई भुक्तानी दिइएको थियो ।

चालु आर्थिक वर्षमा पनि दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ । दृष्टि फाउण्डेसनका सञ्चालिका कल्पना भट्टले फाउण्डेसन सञ्चालनमा उपमहानगरबाट सहयोग नपाएको भनेर सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नगर प्रमुखको सचिवालयले दृष्टि फाउण्डेसनलाई नगर प्रमुख आएपछि दिएको सहयोगको विवरण सार्वजनिक गरेको हो ।

‘असहयलाई आश्रित दिँदै आएको संस्थाको सामाजिक काममा सहयोग पुगोस् भनेर नगर प्रमखकै अग्रसरतामा आर्थिक सहयोग हुँदै आए पनि सहयोग भएन भनेर गलत प्रचार भयो’ नगर प्रमुखको सचिवालयका एक सदस्यले भने ।   

प्रतिक्रिया