दार्चुला । जिप दुर्घटनामा बैतडीको डिलासैनी गाउँपालिका–१ घर भएका दुई जनाको मृत्यु भएपछि गाउँपालिकामा आइतबार शोक बिदा दिइएको छ । एकै गाउँका दुई युवाको अकालमै ज्यान गएपछि गाउँपालिका शोकमा डुबेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।
शनिबार भएको दुर्घटनामा डिलासैनी–१ का बरम आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत ३२ वर्षीय किरनबहादुर बोहरा र सोही ठाउँका जिप चालक २४ वर्षीय सन्तोषबहादुर रानाको मृत्यु भएको थियो । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै आइतबार गाउपालिका मातहतका सबै सरकारी कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतमा शोक बिदा रहेको जनाएको छ
प्रतिक्रिया