ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरको कृष्णपुरमा १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन

आइतबार २९, असार २०८२ १२:२५

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको छ ।

छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएपछि नगरपालिकाले म्याद दिएर छाउगोठ भत्काउन निर्देशन दिएको हो ।

शनिबार बिहान सर्पले टोकेर गम्भीर भएकी २८ वर्षीया कमला आउजीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । कमलालाई सर्पले बाँया गालामा डसेको थियो । 

कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले १५ दिनभित्र छाउगोठ नभत्काए १० हजार जरिवाना गरिने बताएका छन् । 

प्रतिक्रिया