ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जिल्ला कारागारभित्र कैदीबन्दीबीच कुटाकुट

शनिबार २८, असार २०८२ ०२:४३

धनगढी । कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीबीच कुटाकुट भएको छ । घटनापछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा कारागार पुगेका छन् ।
एक जना कैदीले मुल नाइकेलाई कुटपिट गरेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार एक जना कैदीको नाकमा चोट लागेको छ । घटनापछि कैदीबन्दीले होहल्ला गर्न थालेपछि प्रमुख जिल्ला अधिकारी हमाल र जिल्ला प्रहरी प्रमुख कारागार पुगेका हुन् ।

प्रहरी उपरीक्षक राणाले आफूहरु गएर कैदीबन्दीलाई सम्झाइबुझाइ गरेपछि अवस्था सामान्य भएको बताए । ‘कैदीको मुल नाइकेलाई अर्को कैदीले हानेको रहेछ । नाइकलेलाई हानेपछि अरुले विरोध गरे’ राणाले भने, ‘उनीहरुलाई सम्झाइबुझाइ गरेर फर्किएका छौँ । अहिले सामान्य अवस्था छ ।’ जिल्ला कारागारमा यस्ता घटनाहरु बारम्बार हुने गरेका छन् 
 

प्रतिक्रिया