ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ

शुक्रबार २७, असार २०८२ १०:०४

धनगढी । कैलालीको भजनी नगरपालिका–५, लालबोझीमा करिब साढे पाँच ग्राम लागुऔषध खैरो हेरोइन चार जना पक्राउ परेका छन् ।

चेकजाँच गर्ने क्रममा दुई वटा मोटरसाइकलमा सवार उनीहरुको साथबाट पाँच ग्राम ६७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

पक्राउ पर्नेमा भजनी नगरपालिका वडा नम्बर ४, का २४ वर्षीय मनोज चौधरी, २१ वर्षीय बिक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र वडा नम्बर १२ का २१ वर्षीय बिशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा राखेर कारबाही प्रकृया अगाडि बढाइएको छ ।  
 

प्रतिक्रिया