ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

बिहिबार २६, असार २०८२ ०५:४२

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१, बन्साहामा बसले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बेलौरीबाट कलुवापुरतर्फ गइरहेको सु प प्र ००१ ख ९२९ नम्बरको बसको ठक्करबाट घाइते भएकी महिलाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । महिलालाई जोगाउन खोज्दा बस पनि पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया