ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

करेन्ट लागेर एक युवाको मृत्यु

बिहिबार २६, असार २०८२ ०३:१६

टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । टीकापुर–९, पायलगाउँका २२ वर्षीय धुरु लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरभित्रको टिनको छानामा ठोक्किएर उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक नविनराजा बुढाथोकीले जानकारी दिए । करेन्ट लागेर घाइते भएका लुहारलाई उपचारका लागि टीकापुर अस्पताल पु¥याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया