धनगढी । कैलालीमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार लम्कीचुहा नगरपालिका– ५ स्याउलेकी ५५ वर्षीया लक्ष्मी ढुङगानाको मृत्यु भएको हो ।
बुधबार राति स्याउलेस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म १ ह ८५८ नम्बरको अटोले सोही दिशातर्फ जाँदै गरेकी पैदलयात्री लक्ष्मी ढुङगाना र २२ वर्षीया मिना ढुङगानालाई पछाडिबाट ठक्कर दिएको थियो । अटोको ठक्करबाट घाइते भएका उनीहरुलाई उपचाकार लागि भल्का अस्पताल लम्की हुँदै कोहलपुर मेडिकल कलेज बाँके पुगाइएको थियो ।
उपचारकै क्रममा बुधबार राति लक्ष्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । मिनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो र अटो चालक सोही ठाउँ बस्ने २३ वर्षीय हेमन्त जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया