केशव बिष्ट, जापान । कुरुमे पल्टन्सको आयोजनामा दोस्रो कुरुमे कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव प्रवद्र्धनको उदेश्यले
जापानमा कुरुमे कप क्रिकेट प्रतियोगिता हुने भएको हो ।
कुरुमे आसपासको क्षेत्रमा बस्दै आएका नेपाली खेलप्रेमि युवाहरुका लागि निरन्तर रुपमा खेलकुदका साथै अन्य सामाजिक गतिविधि पनि गर्दै आएको कुरुमे पल्टन्सले ओगोरीको क्षेत्रीय खेल मैदान र टोसु खेल मैदानमा प्रतियोगिता गर्न लागेको हो ।
आयोजकका अनुसार उद्घाटन खेल भने टोसु खेल मैदानमा बिहान ८ बजेदेखि हुने छ । प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाउने छन् ।
खेलमा विजेताले एक लाख ५५ हजार ५५५ ऐन र उपविजेताले ७५ हजार ५५५ ऐन नगदसहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कुष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले पनि नगद पुरस्कार पाउने छन् । प्रतियोगितालाई कुरुमे एकता समाज लगायत विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोग रहेको आयोजक टिमका कप्तान प्रविन बिकले जानकारी दिए ।
प्रतिक्रिया