धनगढी । कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ । रुखक कटानको काम सकिएसंगै निर्माणका लागि बाटो खुलेको हो ।
दोधारा चाँदनी नगरपालिका–१ मा पर्ने गौरीशंकर सामुदायिक वनमा रहेका एक हजार पाँच सय ९३ रुख काट्ने काम सकिएको हो । रुख कटानको काम सकिएसंगै निर्माण प्रक्रिया सुरु हुने इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
दुई देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम रहेको उनले बताए ।
उनले अहिले पनि सुख्खा बन्दरगाह निर्माणको ठेक्का पाएको कम्पनीले सर्भेको काम सुरु गरिसकेको छ । भारतले सुक्खा बन्दरगाह निर्माणका लागि तीन अर्ब ८० करोड नेपाली रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । आगामी तीन वर्षभित्र काम सक्ने लक्ष्य राखिएको गजुरेलले बताए ।
प्रतिक्रिया