भोटेकोसी बाढीमा परी बेपत्तामध्ये ७ जना मृत भेटिएका छन् ।
उद्धार टोलीले बेपत्ता भएकामध्ये ७ जनाको शव फेला पारेको हो । उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बाढीमा परी अझै एक दर्जनभन्दा बढी मानिस बेपत्ता छन् ।
मंगलबार राति एक्कासि आएको बाढीले भोटेकोसी आसपास जनधनको ठूलो क्षति गरेको छ ।
प्रतिक्रिया