ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

हुलाक सेवालाई परिमार्जित गर्दै लैजानु पर्नेमा जोड

मङ्गलबार २४, असार २०८२ ०४:५०

धनगढी । हुलाक सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सोमबार धनगढीमा सम्पन्न भएको छ । हुलाक निर्देशनालय कैलाली र कैलालीमा कार्यरत सञ्चारकर्मीबीच अन्तरक्रिया भएको हो ।

कार्यक्रममा हुलाक निर्देशनालय कैलालीका निर्देशक गोविन्दप्रसाद पाण्डेले परिवर्तित समयमा हुलाकले दिँदै आएका सेवाबारे जानकारी गराएका थिए । हुलाक सेवा प्रवाह सम्बन्धी प्रस्तुतिकरण गर्दै उनले सूचना प्रविधिको विकासले फड्को मारे पनि हुलाक सेवाको प्रभावकारिता कायमै रहेको बताए । 

मुलुक संघीय संरचनामा गएपछि हुलाकमा पनि कार्यालयको संरचना परिवर्तन भएको पाण्डेयले जानकारी दिए । हुलाकका हाल सात वटै प्रदेशमा निर्देशनालय र सात सय ५३ वटै स्थानीय तहमा स्थानीय हुलाक कार्यालय रहेका छन् ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. बीरेन्द्रकुमार मिश्रले हुलाक सेवाको आवश्यकता अझै रहेको बताए । उनले हुलाक सेवालाई समयानुसार परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।   

प्रतिक्रिया