ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका ‘बाग’ पक्राउ, सांसदको अस्लिल भिडिओ सार्वजनिक गरेको आरोप

मङ्गलबार २४, असार २०८२ ०४:४२

धनगढी ।  नेकपा (माओवादी केन्द्र) की समानुपातिक सांसदको अस्लिल भिडिओ सार्वजनिक गरेको आरोपमा डोटीका एक युवक पक्राउ परेका छन् । माओवादी सांसद छिरिङल्यामु लामाको चरित्र हत्या गरेको आरोपमा डोटीको आदर्श गाउँपालिका घर भई काठमाडौं बस्दै आएका रमेशबहादुर बागलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । 

बाग राप्रपानिकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य हुन् । बागले एआईको माध्यमबाट भिडिओ बनाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सांसद लामाको आरोप छ ।

बागलाई पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान कार्य अगाडि बढाइएको छ । बागले गत असार १९ मा एउटा टिकटक भिडिओ आफ्नो फेसबुकमा सेयर गरेका थिए, जसमा लामा एक युवकसँग ओठमा चुम्बनरत रहेको देखिन्छ । 

प्रतिक्रिया