ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षासंगै बाढीपहिरोको जोखिम

मङ्गलबार २४, असार २०८२ १०:५८

धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार बैतडीको गोठलापानी, सिद्धपुर, दार्चुलाको गोकुले क्षेत्र वरपर, डडेल्धुराको साहुखर्क, डोटीको पश्चिम सेती, दीपायल, झिंग्राना, बझाङको कालुखेती आसपास र अछामका धेरैजसो ठाउँमा अहिले वर्षा भइरहेको छ ।

त्यस्तै, कैलालीको लम्की र टीकापुर वरपर तथा कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा पनि पानी परिरहेको छ ।

विभागले आज देशका विभिन्न स्थानमा भारी वर्षासँगै ठुला बाढीसमेत आएको जनाएको छ । सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रहरूमा समेत पानी परिरहेका कारण बाढी, पहिरो र डुबानको सम्भावना बढेको विज्ञहरूले बताएका छन् ।

यस्तो अवस्थामा जल तथा मौसम विज्ञान विभागले स्थानीयवासीलाई सतर्क रहन र सम्भावित क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया