धनगढी । प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी आजबाट प्रतिपक्षी लहरमा बसेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नाउपाका सांसदहरू आजबाट विपक्षी रोमा बसेका हुन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने दुई साताअघि नै निर्णय गरेको जसपा नेपाल भने अझै सत्तापक्षमा छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले संसदीय दलको बैठकले औपचारिकता दिएपछि विपक्षमा बस्ने बताए ।
उनले भने, ‘निर्णय त भइसकेको छ, चाँडै दलले औपचारिकता दिएपछि विपक्षमा बस्छ ।’
प्रतिक्रिया