अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका– ७ स्थित बयालपाटा अस्पतालको पूर्ण स्वामित्व सुदूरपश्चिम प्रदेश सरकारले ग्रहणको प्रक्रियाले औपचारिकता पाएको छ । ०८२ साल भदौ १ गतेदेखि अस्पताल पूर्णरुपमा प्रदेश सरकारको मातहतबाट सञ्चालनमा आउने गरी भएको सम्झौता अनुरुप प्रदेश सरकारले स्वामित्व ग्रहणको प्रक्रियाले औपचारिकता पाएको हो ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा अस्पतालको स्वामित्व हस्तान्तरणसम्बन्धी सम्झौता पत्रमा न्याय हेल्थ नेपालका तर्फबाट कुन्दन दीक्षित र सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले हस्ताक्षर गरे ।
विगत एक दशकभन्दा बढी समयदेखि न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयालपाटा अस्पतालले सुदूरपश्चिमका दूरदराजका जिल्लाहरुमा निःशुल्क, गुणस्तरीय र अत्यावश्यक स्वास्थ्य सेवा पुर्याउँदै आएको छ, तर अब प्रदेश सरकार आफैंले संस्थागत रुपमा जिम्मेवारी लिन थालेसँगै यो अस्पतालको आगामि यात्राले नयाँ मोड लिने अपेक्षा गरिएको छ ।
सम्झौता हस्ताक्षर भई सकेपछि सामाजिक विकास मन्त्री मेघराज खड्काले बयालपाटा अस्पताललाई संस्थागत, उत्तरदायी र पारदर्शी ढङ्गले सञ्चालन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया