ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मुख्यमन्त्री शाह र नागरिक उन्मुक्तिका संरक्षक चौधरीबीच भेटवार्ता

आइतबार २२, असार २०८२ ०१:२९

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कमलबहादुर शाह र नाउपाका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । बर्दियामा मुख्यमन्त्री शाह र संरक्षक चौधरीबीच भेटवार्ता भएको हो । 

मुख्यमन्त्री शाहले पनि बर्दिया पुगेरै चौधरीलाई भेटेको पुष्टि गरे । शाह र चौधरीबीच झण्डै दुई घण्टा कुराकानी भएको बताइएको छ । भेटमा पछिल्लो राजीनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो । दुबै नेताले छलफलपछि कुराकानीलाई निरन्तरता दिने बताएका थिए । 

नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलको गत शुक्रबार बसेको बैठकले शाह नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । नागरिक उन्मुक्ति पार्टीबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भएका रामेश्वर चौधरीलाई बिहीबार मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए ।

आफ्ना मन्त्रीलाई अस्वभाविक आरोप लगाएर बर्खास्त गरिएको आरोप नागरिक उन्मुक्तिले लगाउँदै आएको छ । उसले संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया