धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले भनिन् ‘आज संसदीय दलको बैठक बसेका थियो । सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’
नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।
पार्टीले यसअघि नै सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । सुदूरपश्चिम सरकारमा उन्मुक्तिबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि यस्तो निर्णय गरिएको हो ।
प्रतिक्रिया