कञ्चनपुर । कञ्चनपुरमा बाल्टीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौडमा सुरज सिंहका डेढ वर्षीया बालिकाको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो स्नान गृहमा रहेको बाल्टीको पानीमा डुबेर गम्भीर घाइते भएका बालिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सागर बोहराले बताए ।
प्रतिक्रिया