ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीकी ममता पक्राउ, साढे ४० लाख जरिवाना

शुक्रबार २०, असार २०८२ १०:२७

धनगढी । कैलालीकी एक युवती पक्राउ परेकी छिन् । फैसला कार्यान्वयनको क्रममा गोदावरी नगरपालिका–३ मालिका टोलकी ३० वर्षीया ममता खड्का कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ममतालाई पाँच दिन कैद र ४० लाख ५० हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार घरबाटै पक्राउ गरेको हो ।  
 

प्रतिक्रिया