ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीका चार विद्यालयको नतिजा शून्य

बुधबार १८, असार २०८२ ०३:३३

बैतडी । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा बैतडी जिल्लाका चार विद्यालयकाे नतिजा शून्य नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार जिल्लाका १३३ सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्ये चार विद्यालयको नतिजा शून्य रहेको हो ।

पुर्चौंडी नगरपालिकास्थित महादेव माध्यमिक विद्यालय त्रिकाली, शिवनाथ गाउँपालिकाको उदय माध्यमिक विद्यालय कफाडी, शिवपूर्ण माध्यमिक विद्यालय र दशरथचन्द नगरपालिकाको सरस्वती संस्कृत माध्यमिक विद्यालयको परीक्षाफल शून्य आएको छ । सरस्वती संस्कृत माविले अघिल्लो वर्ष पनि शून्य नतिजा थियो ।
यसवर्ष जिल्लाबाट परीक्षामा सहभागी भएकामध्ये ५२.२९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले अघिल्लो वर्ष जिल्लाका १८ विद्यालयको नतिजा शून्य रहेकोमा यसपटक नतिजामा केही सुधार आएको बताए ।

प्रतिक्रिया