ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम सरकारको बजेट सर्वसम्मत पारित

बुधबार १८, असार २०८२ ११:५७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । १ असारमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३३ अर्ब ४७ करोड बराबरको बजेट बुधबार प्रदेशसभाबाट पारित भएको हो ।

तीन दिनसम्म चलेको बजेटमाथिको छलफलका क्रममा प्रतिपक्षभन्दा सत्तारूढ दलकै प्रदेशसभा सदस्य आक्रामक देखिएका थिए । बजेटमा मन्त्री र मुख्यमन्त्रीभन्दा बिचौलिया हाबी भएको भन्दै छानबिन समिति गठनको माग पनि उठेको थियो ।

प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले त सरकार नैतिक रुपमा ढलिसकेको टिप्पणी गरेका थिए । तर, बुधबार बजेट पारितका लागि आर्थिक मामिलामन्त्री थापाले राखेको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

प्रतिक्रिया