ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि बन्न दिदैन: रावल

बुधबार १८, असार २०८२ ११:१०
धनगढी । नेकपा एमाले संसदीय दलका राजेन्द्रसिंह रावलले सुदूरपश्चिम प्रदेश सरकारकाे आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटमाथि प्रदेश सभा बुधबार भएको छलफलमा भाग लिंदै बाँदरले आफ्नो घर पनि नबनाउने र अरूको घर पनि बन्न नदिने बताएका छन् ।
‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि बन्न दिदैन’ सत्तारुढ दल एमाले संसदीय दलका नेता रावलले भने ‘तपाईहरुलाई यतिबेला चपरीमुनीमा बास बस्ने म्यान्डेट छ, चपरीमुनी नै बस्नुस् । उक्साहट र हिनतावोध नगर्नुस्, गीत नगाउनुस् ।’ 

एमाले संसदीय दलका नेता रावलले एमाले सम्मिलित बजेट जनताको पक्षमा र जनताको स्वामित्वमा हुनुपर्दछ भन्ने मान्यता राखेको बताए । आधारभूत पूर्वाधारका क्षेत्रमा बजेट विनियोजन कमी भएको औल्याउदै उनले कृषि उर्जा पर्यटन, सामाजिक, शिक्षा मानवीय विकासलाई निरन्तरता दिइएको बताए । ‘साक्षरताको सुदृढिकरण, उच्च शिक्षा, प्राविधिक शिक्षा सकारात्मक हुन्,’ उनले भने ‘बजेटमा प्रादेशिक भौगोलिक असन्तुलन देखिएको छ ।’

प्रतिक्रिया