ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पाँच करोडमा बनाइएको गुरुयोजना रद्दीको टोकरीमा हाल्ने काम भयो : ओली

मङ्गलबार १७, असार २०८२ ०३:५८

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिंह ओलीले सडक सञ्जाल गुरुयोजनाअनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन नसकेको बताएका छन् । मंगलबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै ओलीले यस्तो बताएका हुन् ।

‘सडक सञ्जाल गुरुयोजना बनाएर मन्त्रिपरिषद्बाट पास भएपछि हामी एउटा पनि योजना बाहिरबाट हाल्दैन भनियो,’ उनले भने, ‘हामीले दिएनौं पनि, गुरुयोजनाबाटै हाल्नुस् भनेका थियौं । तर, गुरुयोजनाअन्तर्गत भएका सामाजिक र आर्थिक रुपान्तरणमा योगदान दिनसक्ने सडकहरु हटाइएको छ ।’

उनले पाँच करोड खर्च गरेर बनाइएको गुरुयोजना रद्दीको टोकरीमा हाल्ने काम स्वयम सरकारले गरेको बताए ।
 

प्रतिक्रिया