ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका सांसद भन्छन्– कट्ठामा पैशा ल्याएर डोकोमा योजना लैजाउ भन्ने परिपाटी देखियो

मङ्गलबार १७, असार २०८२ ०३:४०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले १ असारमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल जारी छ । बजेटमा योजना खरिदबिक्री भएको भन्दै सत्ता र प्रतिपक्ष दुवैतर्फ प्रदेशसभा सदस्यले असन्तुष्टि जनाउँदै आएका छन् । 

एमालेका प्रमुख सचेतक चक्र मल्लले प्रदेश सांसदभन्दा बिचौलिया बलियो भएको बताए । ‘बिचौलियाले १० योजना हाल्दा हामीले एउटा हाल्न सकेका छैनौं,’ उनले भने, ‘कट्ठामा पैशा ल्याउँ, डोकोमा योजना लैजाउ भन्ने परिपाटी देखियो । यो दुखद् कुरा हो ।’

उनले योजना खरिदबिक्रीको परिपाटी अघिल्लो सरकारबाटै सुरु भएको बताए । ‘त्यो बेला रोपकेको बीउ अहिले फल्न थालेको हो की ?’ उनले भने, ‘तर, यो बिचौलिया कहाँबाट प्रवेश गर्छ भन्ने सन्दर्भमा निष्कर्षमा पुग्न सकेका छैनौं । कर्मचारीमार्फत आउँछन् वा नेतामार्फत आउँछन् पत्ता लागेको छैन ।’

प्रतिक्रिया