धनगढी । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र प्रदेश सरकार तथा प्रदेशस्तरीय सरकारी निकायहरुसँग निर्जिवन बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम धनगढीमा मंगलबार सम्पन्न भएको छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरु, प्रदेश मन्त्रालयका सचिवहरुलगायत सरोकारवालाको सहभागिता रहेको थियो । निर्जिवन बीमा, नेपालमा यसको अवस्था, बीमा लेखहरुलगायत विषयमा छलफल भएको थियो ।
नेपालको बीमा बजार, राष्ट्रिय बीमा कम्पनी, यसको उद्देश्य र कम्पनीका रक्षावरण गर्ने जोखिम तथा सीमा लेखहरु, प्रदेश सरकारसँग सहकार्य गर्न सकिने प्रमुख बीमा सेवाहरु तथा प्रदेश सरकारसँग राष्ट्रिय बीमा कम्पनीको अपेक्षालगायत विषयमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवाश कोइरालाले प्रस्तुतिकरण राखेका थिए ।
कोइरालाले नेपालको बीमा बजार, नेपालमा बीमाको अवस्था, प्राकृतिक विपद जोखिम सामूहिक दुर्घटना बीमालेख, बीमालेखले समेट्ने जोखिमहरु, बीमाकंको सीमालगायत विषयमा जानकारी गराएका थिए ।
प्रतिक्रिया