अछाम । अछामको साँफेबगर नगरपालिका–१४, पातलकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीयबासिन्दा ४१ वर्षीय बीरबहादुर साउँदको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालका अनुसार भवन निर्माण गर्ने क्रममा उनले ओढेको छाताले बिजुलीको तार छोएपछि करेन्ट लागेको हो । करेन्ट लागेर ढलेका साउँदलाई न्याय हेल्थ अस्पताल बयलपाटा पु¥याइएको चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया