धनगढी । धनगढी उपमहानगरपालिका–१९, लल्लितपुरमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । स्थानीय ६६ वर्षीया गुलियादेवी चौधरी घाइते भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयका अनुसार घरबाट करिब सय मिटरको दुरीमा रहेको खेतमा धानको बीउ उखेल्ने क्रममा चौधरीलाई आज चट्याङ लागेको हो । चट्याङले दाहिने खुट्टा, हात र ढाडमा चोट लागेकी चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया