ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सोमबार १६, असार २०८२ १२:१३

कञ्चनपुर । कञ्चनपुरमा पनि भारी वर्षा भइरहेको छ । आइतबार रातिदेखि भारी वर्षा भइरहेकोले बाढी जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । 

कञ्चनपुरको बेलौरीमा २४९ मिलिमिटर वर्षा मापन गरिएको छ । अहिले कञ्चनपुरको पुनर्वास, बेलौरी र कृष्णपुरमा वर्षा भइरहेको महाकाली बेसिन कार्यालयका प्रमुख संजयकुमार शाहले बताए । 

भारी वर्षाको कारणले बेलौरीको कलकत्ता, शिवनगर, खल्ला कुण्डा, शान्तीपुर लगायतका क्षेत्रमा डुबानको जोखिम छ । वर्षापछिको बाढीको कारण महाकाली नदी र मोहना नदीले सतह सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा बस्ने स्थानीयहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । अत्यधिक वर्षाका कारण होचा स्थानमा बनेका घरहरुमा डुबानको जोखिम बढेको छ । 
 

प्रतिक्रिया