ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा भारी वर्षा, धनगढी जलमग्न

सोमबार १६, असार २०८२ ०७:५७

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको हो ।

आइतबार बिहानदेखि भइरहेको वर्षाले तराइका जिल्लामा डुबान र पहाडमा पहिरोको जोखिम बढेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले कैलालीको धनगढी र गोदावरी क्षेत्रमा भारी वर्षा भइरहेको बताए । उनका अनुसार मोहना नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।

निरन्तरको वर्षासँगै सुदूरपश्चिमको राजधानी धनगढी जलमग्न भएको छ । धनगढीको मुख्य सडक लगायतको क्षेत्र जलमग्न भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र आज पनि सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका धेरै तथा बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ । 

प्रतिक्रिया