ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बजेट खरिदबिक्री भएको छ, पुष्टि नभए राजीनामा दिन्छु : धामी

आइतबार १५, असार २०८२ ०५:३५

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद मानबहादुर धामीले प्रदेश सरकारको बजेट किनबेच भएको आरोप लगाएका छन् । 

भौतिक पूर्वाधार विकास मन्त्रालयको ३० देखि ३५ प्रतिशत र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ४० प्रतिशत बजेट खरिदबिक्री भएको उनले दावी गरे । यो प्रमाणित नभए आफूले सांसद पदबाट राजीनामा दिने भन्दै उनले यसबारे छानविन गर्न सरकारलाई चुनौति दिए ।

पूर्वमन्त्रीसमेत रहेका धामीले समिति गठन गरेर छानविन गर्न र विचौलियाको प्रभावमा राखिएको बजेट तान्न सरकारलाई आग्रह गरे । त्यस्तो बजेट तानेर प्रदेशको हितमा लगानी गर्नुपर्ने उनले बताए ।

‘भौतिक पूर्वाधार मन्त्रालयको ३०–३५ प्रतिशत बजेट खरिदबिक्रीमा गएको छ । उद्योगको ४० प्रतिशत बजेट खरिदबिक्री भएको छ । तपाइहरु छलफल गर्ने हो भने एउटा समिति बनाऔँ, त्यो अवस्था नभए म यो संसद पदबाट राजीनामा दिन्छु’ उनले भने, ‘सरकार तयार हुन्छ कि हुँदैन प्रश्न खडा भएको छ ।’ 

एउटा संसदीय समिति बनाएर यसबारे छानविन गर्न आँट गरेर देखाउन उनले मुख्यमन्त्रीलाई आग्रह गरे । धामीले कुनै पालिकामा दर्जनौँ योजना गएका र कुनै पालिकामा पाँच–छवटा योजनामात्र परेको भन्दै यो कुन आधारमा भयो भनेर प्रश्न गरे ।
    
 

प्रतिक्रिया