ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
प्रदेशसभामा बजेटमाथिको छलफल

सुदूरपश्चिममा दलाल खोज्न संसदीय समिति बनाऔँ : धामी

आइतबार १५, असार २०८२ ०५:०५

धनगढी । नेपाली काँग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले बजेट निर्माणमा दलाल हावी भएको भन्दै संसदीय समिति गठन गरेर दलाल खोज्नु पर्ने बताएका छन् । प्रदेश सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुख्यमन्त्री र मन्त्रीहरु भन्दा दलाल बलिया देखिएका टीप्पणी गरे ।

‘मुख्यमन्त्री र मन्त्रीभन्दा भित्र केही यस्ता दलाल छन्, मै खोजिरहेको छु, भेटाइरहेको छैन’ उनले भने, ‘ती मान्छेहरुलाई खोज्न सर्वदलिय संयन्त्र बनाएर हुन्छ कि सांसदहरुको विशेष एउटा समिति बनाएर हुन्छ अथवा अख्तियार, सम्पत्ति सुद्धिकरणजस्ता निकाय गुहारेर हुन्छ । त्यतातिर ध्यान दिनुपर्छ ।’

बजेट प्रस्तुतसँगै दलालका योजना र बहालवाला मन्त्रीको क्षेत्रमा केन्द्रीत भनेर व्यापक चर्चा पाउनु चिन्ताको विषय भएको उनले बताए । बजेटको बेथितिका कारण सांसदको मर्यादाक्रमभन्दा चरित्रमा ध्यान दिनुपर्ने अवस्था आएको धारणा उनले राखे ।

‘सरकार बद्नाम हुनबाट जोगाउनु पर्छ । अघि मैले निवेदन गरेँ, केहीले आर्थिक लाभ लिन सक्छन्’ प्रमुख सचेतक धामीले भने, ‘तर अब पुरा सिस्टम सरकार बदनाम हुने अवस्थाबाट मुक्ति दिलाउनु पर्छ ।’ 
 

प्रतिक्रिया