धनगढी । कैलालीमा माछा मार्ने क्रममा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । जोशिपुर गाउँपालिका–४ कटुवापुर निवासी १८ वर्षीय सुमित चौधरी माछा मार्ने क्रममा असार १४ गते साँझ ५ बजे पथरैया नदीमा डुबेका थिए ।
स्थानीयवासीका अनुसार उनी घर नजिकै रहेको पथरैया नदीमा साथीहरूसँग माछा मार्न गएका थिए । सोही क्रममा अचानक गहिरो पानीमा फसेर डुबेका चौधरीको केही समयपछि उद्धार गरिएको थियो ।
उद्धारपछि उनलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया