ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा मनाइयो मदन भण्डारी जयन्ती

आइतबार १५, असार २०८२ ११:०३

घोडाघोडी ।  तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती कैलालीमा पनि मनाइएको छ । जन्मजयन्तीको अवसरमा कैलालीमा बिचार गोष्ठिको आयोजना गरिएको हो । 

मदन भण्डारी फाउण्डेशन कैलालीले शनिबार कैलालीको घोडाघोडी नगरपालिका– १ सुखडमा बिचार गोष्ठिको आयोजना गरेको हो । बिचार गोष्ठिमा जिल्लादेखि केन्द्रीय तहका पार्टीको विभिन्न जिम्मेवारीमा रहेका एमाले नेताहरुले ‘जबजका तीन दशक’ विषयक बिचार गोष्ठिमा धारणा राखेका थिए । 

बिचार गोष्ठिमा एमालेका सुदूरपश्चिम ईन्चाज लेखराज भट्ट, स्थायी कमिटी सदस्य, कर्ण थापा, पोलिटिव्युरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना, केन्द्रिय सल्लाहकार सदस्य महेश्वर पाठक, केन्द्रिय सदस्य सन्तोष थापा, जिल्ला उपाध्यक्ष लोकेन्द्र शाही, नेताहरु डेजी पाण्डे, गोकर्ण भट्ट, हरिशचन्द्र योगी, मनराज शाहीलगायतले जनताको बहुदलीय जनबाद र मदन भण्डारीका विषयमा विचार व्यक्त गरे । 

उक्त कार्यक्रममा सुखडमा रहेको मदन आश्रीत पुस्तकालयको प्रदेश ईन्चार्ज भट्टले उद्घाटन गरे । २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा जन्मिएका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटना हुँदा निधन भएको थियो ।

प्रतिक्रिया