ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

आइतबार १५, असार २०८२ १०:५०

बाजुरा । बाजुरा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । शनिबार जिल्ला खोप समन्वय समिति बाजुराले मार्तडीमा आयोजना गरेको  एक समारोहकाबीच बाजुरालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले नेपालको संविधानअनुसार नागरिकलाई निःशुल्क र सर्वसुलभ सुविधा दिन समान पहुँच हुने व्यवसथा भएअनुसार बाजुरामा पनि विगत तीन वर्ष यता प्रत्येक वर्ष पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्दै आएको बताए । 

चन्दले सार्वजकि गरेको तथ्यांकअनुसार जिल्लाका ९ वटै स्थानीय तहका ६९ वडामा घरधुरी सर्वेक्षण गरी बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएको हो । उनका अनुसार जिल्लाभर कुनै पनि खोप नपाएका १४ जना र छुट बच्चाको संख्या एक सय तीन रहेका थिए  ।

बाजुरा सुदूरपश्चिम प्रदेशको दोस्रो पूर्णखोप सुनिश्चितता तथा दिगोपनासहितको जिल्ला बनेको हो । डोटी सुदूरपश्चिमको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला हो ।  

प्रतिक्रिया