ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘महाकाली सन्धि ठिक थियो, अब पञ्चेश्वर परियोजना कार्यान्वयन हुन्छ’

शनिबार १४, असार २०८२ ०४:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धिको बहाना बनाएर नेकपा एमालेमाथि प्रहार भएको बताएका छन् । मदन भण्डारीको ७४औँ जन्मजयन्तीमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले यस्तो बताएका हुन् । 

उनले भने, ‘महाकाली सम्झौता कार्यान्वयन गर्न पञ्चेश्वर परियोजना पनि कार्यान्वयन गर्छौँ । सम्झौताअनुसार बिजुलीको पैसा लिइराखेका छौँ । पानी लिँदैछौँ, लिन्छौँ । सम्झौता अनुसार चाँदनी दोधारामा १० क्युबिक पानी लिन्छौँ । पहिले प्रधानमन्त्री हुँदा कुरा गरेको थिएँ । अब फेरि कुरा गर्छौँ ।’

उनले उक्त सम्झौता ठिक भएको बताए । ‘तर, त्यसबेला देश बेचे, नदी खोला बेचे भनेर भनियो,’ उनले गुनासो गरे । 

प्रतिक्रिया