ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

माेटरसाइकल दुर्घटनामा अस्ताए धनगढीका सिंह

शनिबार १४, असार २०८२ ०८:१५

धनगढी । कैलालीको धनगढीमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१२ जुगेडा कम्पनी टाेलमा गएराति सुपप्र ०१-००९ प ७७८४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर  नालामा खसेको थियाे ।

दुर्घटनामा जुगेडाकै रवीन्द्र सिंहकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि राति नै सेती प्रादेशिक अस्पताल ल्याइएको थियाे ।
उनकाे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालकाे शव गृहमा राखिएको छ । मृतक सिंह धनगढीको सिद्धनाथ सामुदायिक वनका अध्यक्ष थिए । उनी समाजसेवामा पनि सक्रिय थिए । 

प्रतिक्रिया