ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेश सभाका सचिव अब प्रमुख सचिव सरह

शुक्रबार १३, असार २०८२ ०३:२९

धनगढी । सुदूरपश्चिम प्रदेश सभाले प्रदेश सभा सचिवको ओहोदा र सुविधा बढाएर प्रदेश सरकारको प्रमुख सचिव सरह रहने व्यवस्था गरेको छ ।

प्रदेश सभाको शुक्रबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापन सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्दै सो व्यवस्था गरेको हो । ऐनमा यसअघि प्रदेश सभा सचिव सरकारको सह–सचिव (प्रदेश सचिव) सरह अर्थात् प्रथम श्रेणी रहने व्यवस्था थियो । 

ऐनको संशोधन गर्न विधेयक प्रदेश सभाले सर्वसम्मतिले पारित गरेको छ । संशोधित विधेयक प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि लागुु हुनेछ । 

यसअघिको व्यवस्थालाई संशोधन गर्न अघि बढाइएको विधेयकमाथि सांसदहरुले आफ्ना धारणाहरु राखेका थिए । त्यस क्रममा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका उपनेता अक्कलबहादुर रावल, नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बिक्रमसिंह धामी र नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक चक्र मल्लले भाग लिएका थिए । 

विधेयक पारित गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
 

प्रतिक्रिया