ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा नेपाल उद्योग परिसंघको प्रदेश समिति गठन

शुक्रबार १३, असार २०८२ ०३:२१

धनगढी । नेपाल उद्योग परिसंघको सुदूरपश्चिम प्रदेश स्तरीय समिति गठन गरिएको छ । व्यवसायी रमणचन्द्र श्रेष्ठको अध्यक्षतामा गठित ११ सदस्यीय प्रदेश समितिको शुक्रबार धनगढीमा पदस्थापन कार्यक्रम भएको छ ।

नयाँ गठन भएको समितिको बरिष्ठ उपाध्यक्षमा तेजशंकर भट्ट, उपाध्यक्षमा सुनिल श्रेष्ठ र महिला उपाध्यक्षमा सुनिता सुरी तथा कोषाध्यक्षमा लालबहादुर शाही चयन भएका छन् । समितिको सदस्यहरुमा दीप रावत, हेमन्त पौडेल, हिरा भण्डारी, जगदीशचन्द्र भट्ट, डिल्लीराज जोशी र कलेन्द्रबहादुर शाही रहेका छन् ।

समितिको पदस्थापन तथा कार्यालय उद्घाटन कार्यक्रम शुक्रबार धनगढीमा भएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालसहित परिसंघका पदाधिकारी, व्यवसायीलगायतको सहभागिता रहेको थियो । 

सो अवसरमा मुख्यमन्त्री शाहले निजि क्षेत्रलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति रहेको बताए । उनले सुदूरपश्चिममा लगानी गर्ने निजि क्षेत्रको सुरक्षाको ग्यारेन्टी लिने हिसाबले सरकार अगाडि बढेको बताए । प्रदेशमा लगानीमैत्री वातावरण निर्माणमा सरकार लागि परेको धारणा मुख्यमन्त्री शाहले राखे । सुदूरपश्चिममा थुपै्र संभावना रहेको उल्लेख गर्दै उनले तिनको विकासका लागि सरकारले निजि क्षेत्रसँग सहकार्य गर्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले व्यवसायीको हकहित तथा व्यवसायको प्रवद्र्धनलाई केन्द्रमा राखेर परिसंघले काम गर्दै आएको बताए । घरेलु तथा औद्योगिक उत्पादन वृद्धि तथा स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरणमा परिसंघले सहयोग गर्दै उनले बताए । अध्यक्ष अग्रवालले औद्योगिक कामदारको सीप विकासमा समेत परिसंघले सहयोग गर्दै आएको बताए । 
  

प्रतिक्रिया