डोटी । डोटी जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । बिहीबार जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
पूर्णखोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहले सिलगढीमा आयोजित एक समारोहका बीच पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।
जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाको संख्या १० हजार ४ सय १५ रहेको छ । त्यसमध्ये खोपको शून्य डोज लगाउन छुटेका ६ जना र आंशिक खोप लगाउन छुटेका १ सय १२ जना बालबालिकाहरुको खोजी गरेर खोप लगाइएको स्वाथ्य कार्यालय डोटीले जनाएको छ ।
प्रतिक्रिया