धनगढी । कैलाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका–१ का ३६ वर्षीय तपेन्द्रबिक्रम विष्ट र ४७ वर्षीय दीपक साउदलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार उनीहरूलाई धनगढी उपमहानगरपालिका–३ बाट नियन्त्रणमा लिइएको हो ।
दुबै जनाविरुद्ध वैदेशिक रोजगार विभागमा ठगीसम्बन्धी मुद्दा दायर भइसकेको छ । अहिले उनीहरूलाई विभागमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
दुबै जनाले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम असुली गरेको आरोप छ ।
प्रतिक्रिया