ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा मनसुनजन्य जोखिम उच्च

शुक्रबार १३, असार २०८२ १०:०९


धनगढी । सुदूरपश्चिममा यसवर्ष पानी बढी पर्नसक्ने अनुमान गरिएको छ । देशभर मनसुन सुरु भएसँगै विभिन्न जिल्लामा बाढीपहिरो र डुबान सुरु भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा पनि बाढीपहिरोको जोखिम उच्च छ । 
विपतले हुन सक्ने क्षति न्यूनीकरण र आवश्यक पूर्वतयारी गर्न मुख्यमन्त्री कमलबहादुर शाहले पनि निर्देशन दिइसकेका छन् ।

मुख्यमन्त्री शाहले सम्बन्धित सबै निकायलाई विपदको पूर्वतयारी र जोखिम न्यूनीकरणमा लाग्न निर्देशन दिएका थिए ।

प्रदेशका डोटी, बाजुरा, अछाम, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलाका धेरै बस्ती पहिरोको जोखिममा छन् भने कैलाली, कञ्चनपुरका केही भाग डुबानको जोखिममा छन् ।

तराईमा बाढी र डुबान, पहाड तथा हिमालमा पहिरोलगायतका जोखिमका कारण बर्सेनि ठुलो जनधनको नोक्सानी हुने गरेको छ । मनसुनी प्रकोपका कारण मानिसको ज्यान जानेदेखि घाइते हुने, घरखेत बगाएर विस्थापित हुने समस्या बर्सेनि झेल्दै आएको छ । यो वर्ष पनि ठाउँ ठाउँमा बाढी र पहिरोको समस्या देखिन थालिसकेको छ ।

बर्सेनि निम्तिने प्राकृतिक विपत्तिमा सरकारको बेलैमा ध्यान जान नसकेकाले जनधनको क्षति हुने गरेको छ । 

प्रतिक्रिया